शाखा सडकले मुख्य राजमार्ग जोखिममा

सल्यान । दाङ–सल्यान–रुकुम जोड्ने राप्ती राजमार्ग जोखिममा पर्दै गएको छ ।
स्थानीय पालिकाहरूले जथाभाबी रुपमा राष्ट्रिय राजमार्गसँग जोड्ने गरी शाखा सडक निमार्ण गर्दा राजमार्ग क्षतिग्रस्त हुन थालेको छ ।
राजमार्गमा जथाभाबी सडक सञ्जाल खोलिनु सार्वजनिक सडक ऐन २०३१ को विरुद्ध हुने भए पनि स्थानीय पालिकाहरूले राजमार्ग नै मिचेर शाखा सडक निमार्ण गर्दै आइरहेका छन् ।
राजमार्गको प्रवाह नगरी खनिने शाखा सडकले कालोपत्रे फुट्नुका साथै खाल्टा खुल्टी पर्ने, नाली, पर्खाल समेत भत्किएका छन् । अन्धाधुन्द रुपमा काटिने ग्रामीण सडकले दुर्घटनाको जोखिम समेत बढाएको यातायात व्यवसायीहरूको भनाई छ ।
अनाधिकृत रुपमा खनिएका सहायक सडकले दुर्घटना बढाउने सम्भावना बढाएको यातायात व्यवसायी शिवराज गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, जथाभाबी सडक काट्दा राजमार्ग साँघुरो हुँदै गइरहेको छ । सडकमा खाल्डा खुल्डी हुँदा दुर्घटना पनि बढाएको छ ।
शाखा सडकका कारण राजमार्गको नालीमा अवरुद्ध हुने, सडक बिग्रिने भत्किने गरी पहिरो तथा लेदो आउने, सडकको कालोपत्रे उप्किदा खाल्टा खुल्टी पर्ने लगायतको समस्या भइरहेको अर्का यातायात व्यवसायी टेक बहादुर वलीले बताउनुभयो । शाखा सडक निमार्णले सडकमा क्षति हुँदा यातायात सञ्चालनमा समस्या हुने गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो शाखा सडक नखन्ने होइन तर मुख्य सडकलाई क्षति पुर्याएर काम नगरिइदिए हुन्थ्यो ।
सल्यानका १० स्थानीय पालिका मध्ये ६ पालिका कपुरकोट, त्रिवेणी, छत्रेश्वरी, सिद्ध कुमाख गाउँपालिका, शारदा र बागचौर नगरपालिकालाई छोएर राप्ती राजमार्ग बनेको छ ।








प्रतिक्रिया राख्नुहोस्