तपाईँ सुन्दै हुनुहुन्छः

इनारमा डुबेर ७ वर्षीय बालकको मृत्यु

तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा आइतबार सात वर्षीय बालकको डुबेर मृत्यु भएको छ । सोही स्थान निवासी देउबहादुर गागा मगरका छोरा डिक्सनको इनारमा डुबेर मृत्यु भएको हो ।

स्थानीयले पानी प्रयोग गर्न खनेको इनारमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इनारमा डुबेर सख्त घाइते भएका बालकको उपचारको लागि दमौली अस्पतालमा पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button