आज आठ अर्बको टेजरी बिल बिक्री गरिँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु आठ अर्ब १० करोड बराबरको टेजरी बिल बिक्री गर्ने भएको छ ।
केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत उक्त टेजरी बिल बिक्री गर्न लागेको हो । बैंकका अनुसार २८ दिने अवधिका लागि रु पाँच अर्ब बराबरको टेजरी बिल बिक्री गर्न लागिएको छ । सो बिल आगामी वैशाख १४ गते परिपक्व हुनेछ । यस्तै रु १० करोड बराबरको टेजरी बिल भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी असार १५ गते परिपक्व हुनेछ ।
यस्तै १८२ दिनका लागि रु तीन अर्ब बराबरको बिल बिक्री गरिनेछ । उक्त बिल आगामी असोज १२ गते परिपक्व हुनेछ । यसअघि बैंकले यही चैत ९ गते रु १५ अर्ब ३३ करोड बराबरको टेजरी बिल बिक्री गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्