थ्री नेसन्स कपको उपाधि भिडन्त आज

काठमाडौं । त्रिदेशीय अन्तराष्ट्रिय फुटबलको उपाधि भिडन्तमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुने उपाधि भिडन्तमा घरेलु टोली नेपालले बंगलादेशको सामना गर्नेछ । आज दुबै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछन् । दुबै टोलीले उपाधि रक्षाका लागि खेल्ने बताईसकेका छन् ।
आजको फाइनल खेल निकै प्रतिस्पर्धात्मक र रोमान्चक हुने अनुमान गरिएको छ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले फाइनलमा टोलीको मूख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताएका छन् ।
नेपाल प्रतियोगितामा दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको हो । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो । लिग चरणको भेटमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए ।








प्रतिक्रिया राख्नुहोस्