लागु औषधसहित एक जना पक्राउ

पाल्पा । पाल्पामा लागु औषधसहित एक जना पक्राउ परेका छन् ।
पाल्पाको तिनाउ गाउँपालिका–३ पैठेडाँडास्थित सिद्धार्थ राजमार्गमा आज बिहान ८ः०० बजे चेकजाँच गर्ने क्रममा पैदल यात्री स्याङ्जा वालिङ नगरपालिका वडा नं. ९ राउत डाँडा बस्ने बर्ष २५ का सुमन गाहा पक्राउ परेका हुन ।
उनको शरीर खानतलासी गर्दा ७० वटा फेनेरागन, नुफिन ३३ वटा, २ थान सिरिन्ज फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका युवकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्