काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ ।
होली पर्वका अवसरमा काठमाडौँको बसन्तपुरमा राखिएको चीरमा पूजा गर्दै माडवारी समुदायका महिला । तस्बिर : प्रदीपराज वन्त/रासस
सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन । विगत वर्ष जस्तै यस वर्ष पनि कोरोनाको प्रभाव विश्वव्यापीरुपमा बढ्दै गएकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ । साथै घर परिवारमै फागु पूर्णिमा मनाउन पनि प्रशासनले अनुरोध गरेको छ ।
होली पर्वका अवसरमा काठमाडौँको बसन्तपुरमा राखिएको चीरमा पूजा गर्दै माडवारी समुदायका महिला । तस्बिर :प्रदीपराज वन्त/राससहोली पर्वका अवसरमा काठमाडौँको बसन्तपुरमा आइतबार साथी साथीबीच होलीको टीका लगाएर सेल्फी खिच्दै महिला । तस्बिर : प्रदीपराज वन्त/राससफागु पूर्णिमाका अवसरमा तनहुँको व्यास नगरपालिका–५, चापाघाटस्थित कालीभञ्जन गण (इ) द्वारा आयोजित सांस्कृतिक कार्यक्रममा तामाङ सेलो नृत्य प्रस्तुत गरिँदै । होलीका अवसरमा गणभित्र विविध सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । तस्बिर : कृष्ण न्यौपाने/ राससफागु पूर्णिमाका अवसरमा तनहुँको व्यास नगरपालिका–५, चापाघाटस्थित कालीभञ्जन गण (इ)द्वारा आइतबार आयोजित सांस्कृतिक कार्यक्रममा कौरा नृत्य प्रस्तुत गरिँदै। तस्बिर :कृष्ण न्यौपाने/ राससफागु पूर्णिमाका अवसरमा तनहुँको व्यास नगरपालिका–५, चापाघाटस्थित कालीभञ्जन गण (इ)द्वारा आयोजित सांस्कृतिक कार्यक्रममा कौरा नृत्य प्रस्तुत । तस्बिर : कृष्ण न्यौपाने/ राससहोली पर्वका अवसरमा आइतबार ललितपुरको इमाडोलमा घरका परिवार होली खेलेर मनोरञ्जन लिँदै । तस्बिर : चन्द्रकला क्षेत्री/रासस
प्रतिक्रिया राख्नुहोस्