कञ्चनपुरमा लोकतन्त्रका लागि भएका आन्दोलनका योद्धाहरूको अभिलेखीकरण गर्ने कार्य सुरु
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लोकतन्त्रका लागि भएका आन्दोलनका योद्धाहरूको अभिलेखीकरण गर्ने कार्य सुरु गरिएको छ ।
गृह मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार कार्यालयले लोकतन्त्रका लागि भएका सबै आन्दोलन, सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गर्ने सहिद परिवार, लोकतान्त्रिक योद्धा, द्वन्द्वपीडित, विस्थापित, अपाङ्गता भएका, घाइतेको अभिलेखीकरण गर्न सुरु गरिएको हो ।
स्थानीय शान्ति समितिले तयार गरेको विवरण, २०६२/०६३ को ऐतिहासिक लोकतान्त्रिक आन्दोलनका सहिद तथा घाइतेबारे अभिलेख तयार गर्न गठित समितिको प्रतिवेदन र २०४६ को आन्दोलनपछि गठित राजनीतिक पीडित समितिले तयार गरेको प्रतिवेदनमा नाम छुट भएका व्यक्तिहरूको अभिलेखीकरण भइरहेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीले बताउनु भएको छ ।
सूचना प्रकाशन भएको सात दिनभित्र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको दुई फोटोसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन दिनु पर्नेछ ।








प्रतिक्रिया राख्नुहोस्