कञ्चनपुरमा सामान्य तरिकाले होली मनाइँदै
कञ्चनपुर। कञ्चनपुरमा यस वर्ष होली सामान्य तरिकाले मनाइँदै छ । कोरोना महाकारीको दोस्रो लहर सुरु भएसंगै स्थानीय प्रशासनले समूह बनाएर होली नखेल्न अनुरोध गरेपछि कञ्चनपुरमा होली सामान्य तरिकाले मनाइ रहेका छन् ।
विगतका वर्षहरुमा समूह बनाएर गाउँ गाउँ र शहर बजारहरूमा होली खोल्ने गरेको भएपनि यस वर्ष कोरोना संक्रमण नफैलीयोस भनेर घर परिवार र छरछिमेकमा मात्र रङ्ग लगाएर होली खेल्ने गरेको स्थानीयहरुको भनाई छ ।
कञ्चनपुरमा रहेका पहाडी मुलका बासिन्दाहरुले आज होली मनाइ रहेका छन् भने भोलि तराई मुलका बासिन्दाहरुले होली मनाउने छन् । तर सरकारले भने तराई होली भन्दै भोलि मात्र बिदा दिएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले होली बढी मानिसहरूसँग सम्पर्क हुने पर्व भएकाले सामाजिक दुरी कायम गर्दै घरपरिवारमा मात्र खेल्न अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले माथतका प्रहरी युनिटहरू मार्फत होली नखेल्न माइकिङ समेत गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्