तपाईँ सुन्दै हुनुहुन्छः

उद्योग वाणिज्य संघ गुलरियालाई चुनाव लाग्यो : समावेशी व्यावसायिक प्यानल सार्वजनिक

बर्दिया । उद्योग वाणिज्य संघ गुलरियालाई अधिवेशनको रन्को लागेको छ । अधिवेशन नजिकिँदै गर्दा उम्मेदवारीको घोषणा गर्नेक्रम बढेको छ । यसैबीच अधिवेशनका लागि समावेशी व्यावसायिक साझा प्यानल सार्वजनिक गरिएको छ ।

शनिबार गुलरियामा भएको पत्रकार सम्मेलनमा समावेशी व्यवसायीक साझा प्यानलका संयोजक देवेन्द्र पाण्डे (मंगल) ले आफुँसँगै उम्मेदवारी दिन लाग्नुभएका पदाधिकारीहरूको नामावली सार्वजनिक गर्नु भएको हो ।

समावेशी व्यवसायीक साझा प्यानलको अध्यक्ष पदका लागी देवेन्द्र पाण्डे ९मंगल०, वरिष्ठ उपाध्यक्षमा इन्द्र कुमार श्रेष्ठ (बन्धु), द्धितिय उपाध्यक्षमा मनोज कुमार बर्मा, तृतीय उपाध्यक्षमा सुरेन्द्र बगाले, महासचिव पदमा अशोक खड्का, सचिवमा मोहित पौडेल, कोषाध्यक्षमा कृष्ण थारु र सह(कोषाध्यक्षमा विजय बर्माको नाम सार्वजनिक गरिएको छ । त्यसैगरी यही प्यानलबाट १२ जना सदस्य समेतको नामावली सार्वजनिक गरिएको छ । आउँदो चैत्र २१ गते संघको २२ औँ साधारणसभा तथा अधिवेशन हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button