आगो निभाउने क्रममा एक जनाको मृत्यु
पाल्पा । पाल्पाको माथागढी गाउँपालिका ४, खापुकमा आगो निभाउने क्रममा एक व्यक्तिको जलेर मृत्यु भएको छ ।
वनमा लागेको आगो निभाउने क्रममा जलेर ६४ वर्षीय मानबहादुर सिंजालीको मृत्यु भएको माथागढी गाउँपालिकाका प्रवक्ता मधु पराजुलीले बताउनुभयो ।
शनिबार दिउँसो दाङसिंगा सामुदायिक वनमा आगो लागेपछि निभाउने क्रममा सिंजालीको मृत्यु भएको हो ।
वडा अध्यक्ष समेत रहनुभएका प्रवक्ता पराजुलीले आफ्नो बारीमा आगो सल्किएपछि निभाउँदै वनमा पुगेका सिंजालीको मृत्यु भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्