यात्रुवाहक बस र स्कुटर ठोक्किँदा तीन जनाको मृत्यु
चितवन । चितवनमा यात्रुवाहक बस र स्कुटर ठोक्किँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ६ गितानगरका स्कुटर चालक मोहन अधिकारी, स्कुटरमा सवार बिनिसा अधिकारी र चालककी दाईकी छोरी १७ वर्षीया दिबिसा अधिकारीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज साँझ ६ बजेर २० मिनेटको समयमा भरतपुर म.न.पा २२ भरतपुरबाट–माडीठोरी चल्ने भित्री सडक खण्डको पकौडी भन्ने स्थानमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नं को यात्रुवाहक बस र विपरीत दिशाबाट जाँदै गरेको ना.४० प ७०८२ नं को स्कुटर एक आपसमा ठक्कर खाएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
चालक प्रहरीको नियन्त्रणमा छन् ।








प्रतिक्रिया राख्नुहोस्