तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस नेता जोशीको अन्त्येष्टि

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

यसअघि, अन्तिम श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झन्डा ओढाएर सम्मान तथा श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइराला लगायत नेता तथा कार्यकर्ताले जोशीको पार्थिव शरीरमा पुष्प गुच्छासहित श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button