तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषध गाँजासहित दुई पक्राउ

जनकपुरधाम । लागु औषध पाँच किलो गाँजा सहित धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं ४ मा डेरा गरी बस्ने वर्ष ५२ जीवन साह र वडा नंं १५ का वर्ष ३९ का रवीन्द्र साह रहेको प्रहरीले जनाएको छ ।

जनकपुर उपमहानगरपालिका वडा नं २४ बसहियास्थित सिक्स लाइन बाटोमा मोटरसाइकलमा आएका दुवै जनाले गाँजा बेचबिखन गरिरहेको अवस्थामा सादा पोशाकका विशेष प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।

प्रहरीले जीवन साह चढेको ना २८ प ५७३९ नम्बरको मोटरसाइकल र रवीन्द्र साह चढेको ज ११ प ८७६९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा झोलाबाट पाँच किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गाँजा सम्बन्धमा उनीहरूसँग सोधपुछ गर्दा जीवन साहले रवीन्द्र साहलाई बेच्नको लागि ल्याएको खुलेको छ । दुवै जनामाथि थप अनुसन्धान गर्नका लागि लागु औषध मुद्दामा अदालतबाट ७ दिनको म्याद थप गराई अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button