तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुर प्रशासनले दियो आगलागी पीडितलाई राहत 

भोजपुर । भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका वडा नम्बर ८ पात्लेपानीका आगलागी पीडितलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले राहत वितरण गरेको छ । भोजपुरका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले आगलागी पीडितहरूलाई राहत वितरण गर्नुभएको हो ।

जिल्ला प्रशासन कार्यालयले आगलागीबाट घरबारविहीन बनेका अर्जुन राईलाई १५ हजार, कञ्चन कुमार राईलाई २० हजार, शान्त कुमारी राईलाई २० हजार र भिम बहादुर राईलाई १५ हजार गरी जम्मा ७० हजार नगद वितरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी भोजपुर शाखाले भाँडाकुँडा, लत्ता कपडा लगायत खाद्यान्न सामग्री वितरण गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद भण्डारीले बताउनुभयो ।

आगलागी पीडित चार परिवारलाई प्रमुख जिल्ला अधिकारी भण्डारी सहितको टोलीले गाउँमै गएर राहत वितरण गर्नु भएको ।

आगलागीमा ४ घरसहित ३ वटा गोठ पूर्ण रुपमा जल्दा करिब ३१ लाख बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक प्रदीप लामाले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button