तपाईँ सुन्दै हुनुहुन्छः

दलित तथा विपन्न विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण

बारा । बाराका युवा समाजसेवी उमेश कुशवाहाले बाराको जीतपुरका दलित तथा विपन्न विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गर्नुभएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा पत्रकार मनोज साहले निःशुल्क पढाउँदै आएका सय जना बिद्यार्थीहरुलाई कुशवाहाले कपी, सिसाकमल, कटर लगायतका सामग्रीहरु वितरण गर्नुभएको हो ।

सामग्री वितरण कार्यक्रममा जनजागरण मध्यवर्ती सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष तारा कार्की, तेक्वान्दो कराँते शाखा जीतपुरका सह प्रशिक्षक श्रीराम साह, समाजसेवी सन्तोष साह लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button