तपाईँ सुन्दै हुनुहुन्छः

आज ८५ जनामा संक्रमण पुष्टि, ९३ जना निको

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

काठमाडौं।आज देशभर ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ७ सय ४५ वटा नमुनाको परिक्षण गर्दा ८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ७ सय ५० पुगेको छ ।यस्तै आज ९३ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ७२ हजार ४ सय ३५ पुगेको छ ।

हालसम्म ९८ दशमलव ४ प्रतिशत कोरोना संक्रमित संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।कोरोना संक्रमणका कारण आज थप ३ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ हजार २७ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button