तपाईँ सुन्दै हुनुहुन्छः

भारतबाट आएका ब्यक्तिमा कोरोना

नेपालगन्ज। नेपालगन्जको जमुनाहा नाकामा फेरि एक जनामा कोरोना देखिएको छ ।

भारतको महाराष्ट्रबाट आएका बर्दियाका एक पुरुषमा कोरोना देखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

एन्टिजेन परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । यसअघि हिजो पनि गुजरातबाट आएका रोल्पाका एक पुरुषमा कोरोना देखिएको थियो । भारतमा दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि नेपालीहरू स्वदेश फर्कने क्रम बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button