प्रमुख जिल्ला अधिकारीसहितको टोलीद्वारा नाकाको निरीक्षण
कञ्चनपुर।कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतो सहित जिल्ला विपद् व्यवस्थापन समितिको टोलीले गड्डाचौकी नाकाको स्थलगत निरीक्षण गरेका छन् । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तीव्र भइरहेका बेला भारतबाट नेपाल आउनेहरूमा कोरोना संक्रमण देखिन थालेपछि सीमा नाकाको अवस्था बुझ्न टोली नाकामा गएको हो ।
निरीक्षणमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतो,जिल्ला स्थित सुरक्षा निकायहरूका प्रमुख र स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनार लगायतले नाकामा रहेको हेल्थ पोष्टको अवस्था चेकजाँच र नाकाको अवस्था बारे जानकारी लिनु भएको छ ।त्यसैगरी स्वास्थ्य कार्यालयले भारतबाट फर्किनेहरू लाई मास्क समेत वितरण गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्