तपाईँ सुन्दै हुनुहुन्छः

भारतका प्रधानमन्त्री बङ्गलादेशमा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी औपचारिक भ्रमणका लागि शुक्रबार बङ्गलादेश आउनुभएको छ ।

बङ्लादेशको ५०औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित विषेश समारोहमा सहभागी हुन उहाँ बङ्गलादेश आउनुभएको हो ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण फैलिएपछिको उहाँको यो पहिलो वैदेशिक भ्रमण भएको जनाइएको छ ।

उहाँलाई बङ्लादेशकी समकक्षी शेख हसिनाले विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री मोदी स्थानीय समय अनुसार विहान ७.४५ बजे ढाकाका लागि प्रस्थान गर्नु भएको हो । त्यसपछि उहाँ बङ्लादेशमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै उच्चस्तरीय भेटघाट पनि गर्नुभएको छ ।

उहाँको भ्रमणले दुई देशबीचमा सम्वन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ भने केही नयाँ सहकार्य र समझदारी पनि हुने जनाइएको छ ।रासस/एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button