तपाईँ सुन्दै हुनुहुन्छः

रहेनन काँग्रेस नेता जोशी,आज अन्त्येष्टि गरिने

काठमाडैं । नेपाल काँग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नेता जोशीको शुक्रबवार साँझ ८ः२४ मा निधन भएको हो ।

गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उहाँलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर अस्पतालले नर्भिक अस्पताललाई रिफर गरेपछि उहाँ सोही अस्पतालमा उपचारारत हुनुहुन्थ्यो ।

पूर्व उद्योग मन्त्रीसमेत रहनु भएका नेता जोशी काठमाडौँमा लोकप्रिय नेता हुनुहुन्थ्यो । सन्ताउन्न वर्षीय जोशीकै पहलमा नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको थियो ।

विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मनुभएका नेता जोशी काठमाडौँ क्षेत्र नं। ८ बाट विसं २०७० सालमा तत्कालीन संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ काँग्रेसका केन्द्रीय सदस्यसमेत हुनुहुन्छ ।

जोशीको निधनपछि कांग्रेसले शनिबार बिहान आकस्मिक बैठक बोलाएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीरलाई आज (शिनवार) बिहान उहाँकै टोल यात्खामा र दिउँसो १२ देखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राख्ने तयारी छ । अन्त्येष्टि भने पशुपति वा देवघाट कहाँ गर्ने भन्ने टुंगो लागेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button