तपाईँ सुन्दै हुनुहुन्छः

आगलागीबाट एक घर जल्यो, २९ लाख बराबरको क्षति

फाइल तस्बिर

ताप्लेजुङ । ताप्लेजुङको मिरिङ्देन गाउँपालिका वडा नं ३ को साक्फारामा आगलागीबाट एक घर जलेर साढे २९ लाख बराबरको क्षति भएको छ ।

शुक्रवार दिउँसो बारीमा पातपतिङ्गार जलाउन बालेको आगोले स्थानीय हरिप्रसाद पोखरेलको घर जल्दा २९ लाख ५० हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ ।

आगो निभाउने क्रममा हरिप्रसादका छोरा २३ वर्षीय तिलप्रसाद पोखरेल घाइते बनेका छन् । उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।

आगो स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए । केही समय अघिमात्र मिरिङ्दे गाउँपालिकाको वडा नं ३ कै दोभान बजारमा आगलागी हुँदा ५० घर जलेको थियो भने ४० करोड बराबरको क्षति भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button