तपाईँ सुन्दै हुनुहुन्छः

‘मेहनत र लगानी अनुसार कृषिमा असीमित सम्भावना’

सुनसरी । सुनसरी बर्जूका गोविन्द गुरुङको सफल कृषि उद्यम– थोरै जग्गामा पनि प्रविधि र मेहनत जुटाएर कृषि गर्दा पनि निर्वाहका लागि अरू कतै सोच्नु नपर्ने र लगानी बढाई कृषि बिस्तार गर्ने हो भने असीमित आम्दानी गर्न सकिने कुराको उदाहरण हुनुभएको छ बर्जू गाउँपालिका –१ का गोविन्द गुरुङ ।

May be an image of outdoors

मात्र १५ धुर जग्गामा टनेल बनाएर एक सिजनमा ७० देखि ८० हजार सम्मको आम्दानी गरेपछि उहाँ बताउनुहुन्छ– “रायोबाट मात्रै ३० हजार र अरू विभिन्न तरकारीबाट ४०–५० हजार आम्दानी दिएको थिएँ तर लकडाउनले बिक्री वितरणमा असहजता भएपछि हाँस, टर्की, बट्टाई पालनतर्फ लागे ।”

May be an image of outdoors

कुनै दिन त लकडाउन हट्ला त्यति बेलासम्म बट्टाई बेच्न योग्य होलान् भन्ने उद्देश्य अनुसार सुरु गरेको पन्छी पालन उत्साहजनक भएको छ ।  उहाँले बर्जूमा उत्पादन गरिएका बट्टाई, हाँस, परेवाको माग धरान, र इटहरीसम्म छ । तर अहिले नजिकै रहेको विराटनगर कै मात्र माग धान्न हम्मे हम्मे परिरहेको बताउने गुरुङ भन्नुहुन्छ। “अब यो बर्ष चाहिँ आफैले ५ हजार क्षमताको इक्कुभेटर बनाउने लक्ष्य छ ।”

May be an image of outdoors

जागिर पनि निर्वाह मात्रै हो भन्ठाने र कृषिकै प्रशिक्षक समेत रहनुभएका गुरुङ कृषिमा असीमित सम्भावना भएको बताउनुहुन्छ । “तपाईँसँग कति क्षमता छ ? लगानी कति गर्न सकिन्छ ? ५ विगाह, १० बिगाहा कतिमा कृषि गर्ने? त्यस अनुसार यसको आम्दानी छ । यसमा कुनै सीमा छैन तर जागिरमा त निश्चित तलब मात्र हो ।”

May be an image of outdoors

कृषि नै पढ्नु भएका उहाँलाई कृषिमा सफल हुन सकिन्छ भन्ने कुरामा कुनै दुबिधा थिएन । आफूमा भएको रुचि र  प्राविधिक ज्ञानले सफलतातर्फ लागेको कुरा उहाँ स्विकार्नुहुन्छ ।

May be an image of food

“१ बर्ष अगाडिको कुरा हो मैले टनेल बनाउन सुरु गरेको थिएँ आफन्त र स्थानीय अचम्ममा  परे । यो केटो पढे लेखेर बौलायो , २–३ लाख लगानी गरेर प्लाष्टिकको घर बनाउँछ त्यो पनि तरकारी लगाउन । यस्तो पनि हुन्छ डुबायो यसले भने धेरै जनाले । तर समयले सबैलाई बताइदियो मैले तरकारी उत्पादन गरेर आम्दानी लिएपछि ।” उहाँले रोचक प्रसङ्ग सुनाउनुभयो ।

May be an image of outdoors

कृषि व्यवसायतर्फ लाग्नुको सन्दर्भ खोतल्दा उहाँ भन्नुहुन्छ– “कृषितर्फ लागेको त ५ बर्ष जति भयो । त्योभन्दा अघि म अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ)मा काम गर्थे बाहिर बाहिरै होइन्थ्यो धेरै जसो । तर मेरो पहिले देखिको मानसिकता चाहिँ  कृषि गर्ने नै थियो ।  आफ्नै घरमा बसेर आफ्नै जग्गाहरू प्रयोग गरेर पनि हामीले मनग्गे आम्दानी गर्न सक्छौँ । सामान्य वैदेशिक रोजगारमा जाने खर्च आफ्नै खेतबारीमा लगानी गरेर मेहनत गर्ने हो भने त्यति कमाई यही गर्न सकिन्छ ।”

May be an image of outdoors

तरकारी र पन्क्षी पालन दुबैतिर हात हाल्नुभएका गुरुङको अनुभव छ, “नियमित आम्दानीका लागि तरकारी खेती उपयुक्त लाग्छ भने पशुपन्छी पालनतर्फ चाहिँ तरकारी जस्तो दैनिक नभए पनि आम्दानी राम्रो हुन्छ भन्ने लाग्छ तर जोखिम चाहिँ अलि बढी पन्क्षी पालनमा छ ।”

May be an image of outdoors

कृषितर्फ यत्रो लगानी गरेर समर्पित हुन, यस्को भविष्य प्रति ढुक्क हुने आधार चाहिँ के छ भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ –“विदेशबाट जुन कृषिजन्य बस्तु आयात भइराखेको छ त्यसबाटै थाहा हुन्छ हाम्रो उत्पादनको माग बजारमा प्रशस्तै छ । आफै मालिक भएर आफ्नै व्यवसाय गर्न सकिने र आफ्नै नेपालीहरूलाई गुणस्तरीय तरकारी पनि दिन पाइने । मानौँ ल ५ कठ्ठमा मात्र गर्न सकियो भने ५० –६० हजार महिनाको त कतै जाँदैन । ”

May be an image of 1 person, standing and outdoors

May be an image of outdoors

May be an image of food and outdoors

May be an image of outdoors

प्रतिक्रिया राख्नुहोस्

Back to top button