राष्ट्रिय क्रिकेट टिमले घरेलु मैदानमा त्रिदेशीय टी–ट्वान्टी सिरिज खेल्ने
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले घरेलु मैदानमा त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज खेल्ने भएका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले शुक्रवार बजाज पल्सर त्रिदेशीय सिरिजको घोषणा गरेको छ । त्रिदेशीय सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाबिच प्रतिस्पर्धा हुनेछ ।
टियु क्रिकेट मैदानमा हुने सिरिज वैशाख ४ देखि ११ गतेसम्म (अप्रिल १७–२४) हुनेछ । डबल राउन्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछ ।
कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै सिरिजमा सहभागी सबै टिमका खेलाडी र म्याच अफिसियल बायो बबल्सभित्र राखिने छ । यस्तै पीसीआर टेस्ट समेत गरिनेछ ।








प्रतिक्रिया राख्नुहोस्