रेडियो नेपालका नायव कार्यकारी निर्देशक कृष्ण कोइरालाको बिदाई (फोटो फिचर)

काठमाडौँ । रेडियो नेपालका नायव कार्यकारी निर्देशक कृष्ण कोइरालाले रेडियो नेपालमा ३६ बर्षे सेवापछि अनिवार्य अवकाश पाउनुभएको छ ।

रेडियो नेपालले सिंहदरबारमा आज गरेको बिदाइ एवं सम्मान कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी, रेडियो नेपाल सञ्चालक समिति सदस्य टीका भण्डारी र प्रशासन महाशाखा प्रमुख मोहनबहादुर आङबोले खादा लगाइ प्रमाणपत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा अवकाश प्राप्त नायव कार्यकारी निर्देशक कोइरालाले रेडियो नेपालमा रहँदा महत्त्वपूर्ण अनुभव सङ्ग्रह गरेको र आगामी दिनमा ती अनुभवहरू रेडियो नेपालकै भलाइका उपयोग गर्ने बताउनुभयो ।

कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले रेडियोको हितमा उहाँले गरेको कामको सबैले अनुशरण गर्नु पर्ने भन्दै उहाँको बाँकी जीवन ऊर्जा र सक्रियताका साथ बितोस् भन्ने कामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा रेडियो नेपाल सम्बद्ध कर्मचारी संघसंगठनका प्रमुखहरूले पनि उहाँले रेडियो रहँदा गरेको योगदानको प्रशंसा गर्दै बाँकी जीवन ऊर्जा र सक्रियताका साथ वितोस भन्ने कामना गर्नुभयो ।











प्रतिक्रिया राख्नुहोस्