कञ्चनपुरमा एन्टीजेन परीक्षणमा ५१ जनामा कोरोना संक्रमण
कञ्चनपुर।कञ्चनपुर जिल्लामा अहिले सम्म गरिएको एन्टीजेन परीक्षणमा ५१ जनामा कोरोना संक्रमण देखा परेका छन् ।
जनस्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट केही दिन यता नेपाल फर्केकाहरूको सिमानाकामा गरिएको एन्टीजेन परीक्षणबाट गड्डाचौकीनाकामा ७ जना र गौरीफन्टा नाकामा २४ जना र अन्य विभिन्न पालिकाहरूमा रहेका स्वास्थ्य संस्थाहरूमा गरिएको परीक्षणमा गरी ५१ जना कोरोना संक्रमित देखा परेका छन् ।
उनीहरू मध्य आज गड्डाचौकीमा एन्टीजेन परीक्षणका क्रममा कोरोना संक्रमण देखा परेका डोटीका १ जना र कैलालीका १ जनालाई महाकाली अस्पतालको आइसोलेसन सेन्टरमा राखिएको छ भने अन्य व्यक्तिहरू होम क्वारेन्टाईनमा रहेका जनस्वास्थ्य कार्यालय कञ्चनपुरका कोरोना फोकल पर्सन शिद्धराज भट्टले बताउनुभयो ।
साथै उहाँले कञ्चनपुरमा सिपिआर परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएका दुई जना मात्र रहेको समेत बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्