तपाईँ सुन्दै हुनुहुन्छः

आगलागी हुँदा पाँच लाख भन्दा बढीको क्षति

सप्तरी। सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ३ स्थित भुसिमौलिया टोलमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ ।

सो आगलागीमा ५० तोला चाँदी, २ तोला सुन, खाद्यान्न, लत्ताकपडा लगायतका सामानहरु जलेर नष्ट हुँदा पाँच लाख भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

बिहीबार दिउँसो १ बजेतिर भएको उक्त आगलागीमा स्थानीय बिन्दुलाल साह, जिलेविया पाल र रामप्रित पालका एक /एक घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।लक्ष्मीपुर र कडोरवना सप्तरीबाट खटेको प्रहरी टोली तथा स्थानीयवासी, दमकल, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगोलाई पूर्ण रुपमा नियन्त्रण लिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button