तपाईँ सुन्दै हुनुहुन्छः

सरकारसँग सकारात्मक छलफल जारी छ : जसपा अध्यक्ष ठाकुर

जनकपुरधाम।जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले जनता समाजवादी पार्टीले अघि सारेको मांगहरु प्रति प्रधानमन्त्री सकारात्मक रहेको बताउनु भएको छ ।

प्रदेश नम्बर २ जनकपुरधाममा आज आयोजना भएको होली मिलन कार्यक्रममा अध्यक्ष ठाकुरले मधेश आन्दोलनको क्रममा लगाइएको मुद्दा फिर्ता लगायतको विषयलाई प्रधानमन्त्री के.पी शर्मा ओलीले गम्भीरताका साथ लिएर केही कार्यहरु अगाडि बढाई सक्नु भएको बताउनुभयो ।उहाँले कतिपय मुद्दाहरू जिल्ला अदालत ,कतिपय उच्च र कतिपय सर्वोच्चमा रहेकोले यस विषयमा महान्याधिवक्ताको कार्यालयसँग राय मागिएको जानकारी पनि दिनुभयो ।

कार्यक्रममा प्रदेश नंं २ को उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय सहितका वक्ताहरुले पनि बोल्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button