तपाईँ सुन्दै हुनुहुन्छः

जुनसुकै पार्टीको नेतृत्वमा सरकार बनेपनि काँग्रेसलाई स्वीकार्य: नेता पौडेल

विराटनगर। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा नेपाली काँग्रेसले सत्ता नचाहेको बताउनुभयो।

विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरागर्दै उहाँले वर्तमान सरकारको विकल्पमा जुनसुकै पार्टीको नेतृत्वमा सरकार बनेपनि काँग्रेसलाई स्वीकार्य हुने वताउनुभयो । सबैको सहमतिमा विकल्प खोजिनेगरि छलफल हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

एक प्रश्नमा उहाँले लोकतन्त्र र संविधानलाई बचाउन वृह्द प्रजातान्त्रिक एकता आवश्यक रहेको वताउनुभयो । संसदीय प्रजातान्त्रिक पद्धतीमाथी चौर्तफी आक्रमण भइरहेकाले त्यसलाई वचाउनपनि प्रजातान्त्रीकदलहरु बिच एकता जरुरी रहेको उहाँको भनाई थियो ।

उहाँले ७० वर्षसम्म लडेर ल्याएको यो व्यवस्थालाई वचाउनु काँग्रेसको धर्म भएकाले त्यहिवाटोमा  कांग्रेस अघि बढेको वताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button