तातो पानी कुण्डमा विरामी बढे

म्याग्दी । म्याग्दीको बेनपा ५ सिङ्गातातो पानीमा रहेको तातोपानी कुण्डमा उपचारका लागि आउने विरामीको संख्यामा बृद्धि भएको छ । कोरोना माहामारीका कारण बिचमा सुन्य अवस्थामा रहेको कुण्डमा अहिले दैनिक १२ सय सम्म विरामीहरुले उपचार गर्ने गरेका छन् ।
लकडाउन खुले सँगै तातोपानीमा गत बर्ष भन्दा यस बर्ष विरामीहरु उपचारका लागि धेरै आएको तातोपानी कुण्ड व्यवस्थान समितीका सचिव कृष्णबहादुर खड्काले बताउनुभयो ।
उक्त प्रकृतिक रुपमा उत्पत्ती भएको तातोपानीमा डुब्दा हातखुट्टा, ढाड र घुडाको दुखाई रहेका, युरीक एसीड, बाथ, चिसोको कारण गानोगोला ग्याष्ट्रीक भएका तथा पहिले नै दुर्घटनामा परी शरीरको कुनै भाग अंङ्गभङ्ग भएको र हाल दुखीरहने समस्याले सताइरहेका विरामीहरुलाई निको हुने विश्वास रहेको छ ।
जसका कारण तातोपानीमा उपचार गर्न स्वदेश तथा विदेशबाट नै विरामीहरु आउने गरेका छन् । त्यहाँ पुगेर उपचार गर्दा ठिक हुने भएकाले विरामीहरु आउने गरेको कुण्ड व्यवस्थापन समितीका सह–सचिव कुमार केसीले बताउनुभयो ।
बाथ रोग भएका र उपचार गरेर औषधी खाँदा समेत ठीक नभएपछी डाक्टरको सल्लाहमा नै तातोपानीमा आफुहरु आएको काठमाडौं सिता पाइलाकी सुशीला खनालले बताउनुभयो ।
कोरोना माहामारीका कारण केही समय सुनसान रहेको तातोपानीमा अहिले भने उपचार गर्न आउने विरामीको चाप बढेको छ । बिहान ६ बजे देखि बेलुका ५ बजे सम्म खुल्ला रहने कुण्डमा एक दिनमा नै १२ सय भन्दा बढी विरामीहरु पोखरीमा पालो लगाएर डुब्ने गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्