तपाईँ सुन्दै हुनुहुन्छः

डीडीसीको धुलो दुध बजारमा

काठमाडौँ । नेपाल दुग्ध विकास संस्थानले ‘डेरी ह्वाइटनर’ पाउडर दूध बजारमा ल्याएको छ ।

संस्थानका सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले डेरी ह्वाइटनर पहिलोपटक बजारमा पठाइएको जानकारी दिनुभयो । यसअघि संस्थानले आन्तरिक रुपमा दूध पाउडर उत्पादन गरेर सेनालाई मात्र आपूर्ति गर्ने गरेको थियो ।

संस्थानले धेरै दूध उत्पादन नहुने क्षेत्र तथा घरमा गाई–भैसी नभएका परिवारलाई लक्षित गरी दूध पाउडर बजारमा ल्याएको जनाएको छ ।संस्थानले विराटनगरको कारखानाबाट धुलो दुध उत्पादन गर्न थालेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button