कृष्णनगरमा राखियो हेल्थडेस्क

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर भन्सार नाकामा हेल्थडेस्क राखिएको छ ।
भारतमा कोभिड १९ भाइरस पुनः फैली रहेकोले भारतबाट आउने नेपालीहरूलाई चेँकजाच गर्नको लागि हेल्थडेस्क रखिएको कृष्णनगर स्वास्थ्य शाखाले जनाएको छ ।
कोभिड १९ को प्रभाव नेपालमा रोक्नको लागि भारतसँग जोडिएका सिमानाकाहरूमा हेल्थडेस्क राख्ने योजना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार कृष्णनगर भन्सार नाकामा एक कार्यक्रम गरी कृष्णनगर नगरप्रमुख रजत प्रताप शाहले हेल्थडेस्कको उद्घाटन गर्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्