तपाईँ सुन्दै हुनुहुन्छः

सुशासन सँगै पूर्वाधार निर्माणमा एकताबद्ध भई अगाडि बढ्नु पर्नेमा मुख्यमन्त्री राउतको जोड

वीरगंज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश र स्थानीय तह बिचको सम्बन्धलाई सुमधुर बनाउँदै सुशासन सँगै पूर्वाधार निर्माणमा एकताबद्ध भई अगाडि बढ्नु पर्ने कुरामा जोड दिनुभयो ।
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको आगामी आर्थिक वर्ष २०७८/७९को प्रादेशिक वार्षिक रणनीतिक कार्यान्वयन योजना पूर्व तैयारी बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले परम्परागत कार्यक्रमहरूले मात्र प्रदेश तथा स्थानीय शासनमा सहयोग नपुग्ने कुरा उल्लेख गर्नुभयो ।
उहाँले प्रदेश सरकार जनमैत्री शासनको लागि अगाडि बढी रहेको र त्यसलाई भौतिक पूर्वाधारको निर्माणमा समेत केन्द्र प्रदेश र स्थानीय सरकार आपसी समन्वयका साथ अगाडि बढ्नु पर्ने कुरामा जोड दिनुभयो ।
उहाँले प्रदेश र स्थानीय तह बिचको सम्बन्धलाई सुमधुर बनाउँदै उत्तम शासन व्यवस्थाका लागि आवश्यक कार्यक्रमहरु तर्जुमा गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
प्रदेशका प्रमुख सचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य न्यायधिवक्ता दीपेन्द्र झाले सरकारको प्राथमिकताहरूलाई पिएलजिएसपीको कार्यक्रममा समेट्नु पर्ने बताउनु भयो ।
उहाँले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम प्रदेश सरकारले प्राथमिकतामा राखेको कार्यक्रमहरूलाई कार्यान्वयन गराउने तर्फ उन्मुख हुनु पर्नेमा त्यसको अभाव देखिएको समेत उल्लेख गर्नु भयो ।
कार्यक्रममा प्रदेश सरकारका सचिवहरू, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका साझेदार संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button