आज १ सय २० जनामा संक्रमण पुष्टि, ८५ जना निको

काठमाडौँ । आज देशभर १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ८ सय ९१ वटा नमुनाको परीक्षण गर्दा १ सय २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ७६ हजार ५ सय ९ पुगेको छ ।
यस्तै आज ८५ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ७२ हजार २ सय ७२ पुगेको छ ।
हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९८ दशमलव ५ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्