स्वास्थ्य शिविरमा पाए साढे चार सयले उपचार
भोजपुर । भोजपुर सदरमुकामबाट पश्चिम टेम्के मैयुङ गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा करिब साढे चार सयले परीक्षण गराएका छन् ।
गाउँपालिकाले आपाङगता भएका स्थानीयलाई लक्षित गरेर शिविर सञ्चालन गरेको हो । भौगोलिक विकटता तथा अन्य विविध कारणले स्वास्थ्य सेवाबाट वञ्चित भएका स्थानीयलाई लक्षित गरेर गाउँपालिकाले शिविरको आयोजना गरेको हो ।
शिविरमा गाउँपालिका भित्रका नौ वटै वडाका ४ सय ४८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । गाउँपालिकाको १ नम्बर वडाका ५९ जना, २ नम्बर वडाका ४२ जना, ३ वडामा २१ जना, ४ नम्बर वडामा २८ जनाको स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । यसै गरी ५ नम्बर वडाका ५९ जना, ६ नम्बर वडामा ४७ जना, ७ नम्बरमा ५० जना, ८ नम्बरमा ५६ जना र ९ नम्बरमा ८६ जनाको स्वास्थ्य परीक्षण गरिएको हो ।
गाउँपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरूको नाक, कान, घाँटी, जलनेरे फिजियोथेरापी र फिजियोथेरापिष्ट सहितका विशेषज्ञहरुद्धारा प्रारम्भिक स्वास्थ्य जाँच गरिएको छ । गाउँपालिका, प्रदेश सरकार र करुणा फाउन्डेसनको सहकार्यमा शिविरको आयोजना गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्