तपाईँ सुन्दै हुनुहुन्छः

७ वटै प्रदेशका प्रमुख गन्तव्यहरूको पहिचान गरी प्रवर्द्धन र विकास गर्नुपर्ने अन्तर्राष्ट्रिय सम्बन्ध समितिको जोड

काठमाडौँ । सांसदहरुले पुरातात्त्विक सम्पदा, पर्यटकीय स्थल र सांस्कृतिक क्षेत्रको संरक्षण, विकास र प्रवर्द्धनको ठोस नीति तथा योजना बनाउन सरकारलाई निर्देशन गर्न आवश्यक भएको बताउनु भएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आजको बैठकमा सांसदहरुले पर्यटन प्रवर्द्धनका नाममा स्थानीय तहहरूमा अव्यवस्थित संरचना निर्माण भइरहेको भन्दै त्यसलाई व्यवस्थित गर्न स्पष्ट र ठोस नीति बनाउन सरकारलाई निर्देशन दिनुपर्ने बताउनुभयो ।
सरकारले पहिचान गरेको सय गन्तव्यको विकास र प्रवर्द्धनमा ध्यान पुग्न नसकेको भन्दै सांसदहरुले ७ वटै प्रदेशका प्रमुख गन्तव्यहरूको पहिचान गरी त्यसको प्रवर्द्धन र विकास गरिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button