तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमणको पुनः त्रास फैलिए सँगै काँकरभिट्टा नाकामा कडाई

झापा । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमण भएसँगै पूर्वी सिमानाका काँकरभिट्टाबाट नेपाल प्रवेश गर्ने क्रम बढेको छ । पूर्वी सीमा नाका काँकरभिट्टामा रहेको हेल्प डेस्कले दिएको जानकारीमा आज मात्र ६ हजार बढी नाकाबाट प्रवेश गरेका छन् ।
आज ३ हजार ४५० पुरुष, २ हजार ५७५ महिला तथा २२५ बालबालिका गरी ६ हजार २८० जना नेपाल प्रवेश गरेका छन् । उनीहरूलाई सामान्य स्वास्थ्य परीक्षण (ज्वरो मापन) गरी छोडिएको छ ।
यो तथ्याङ्क पछिल्लो २ दिनको तुलनामा भने घटेको हो । हिजो ५ हजार २५५ पुरुष, ४ हजार २ सय महिला र ४६५ बालबालिका गरी ९ हजार ९२० नाका प्रवेश गरेका छन् ।
सोमबार ५ हजार ५४८ पुरुष, ३ हजार ७२५ महिला र ९१५ जना बालबालिका गरी १० हजार १८८ जना प्रवेश गरेका छन् ।
भारतमा कोरोना सङ्क्रमणको अवस्था बढ्दै गएपछि नेपाल प्रवेश गर्नेको सङ्ख्या दैनिक बढ्दै गएको पाइएको छ ।
स्थानीय प्रशासनले समेत नाकाको आवतजावतमा कडाइ गर्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button