तपाईँ सुन्दै हुनुहुन्छः

बन्दिपुर गाउँपालिकाले सार्वजनिक गर्यो २० वर्षे विकास गुरुयोजना

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिकाले आफ्नो २० वर्षको विकास गुरुयोजना सार्वजनिक गरेको छ ।

मुख्य विकासका प्राथमिकता तोकेर गुरुयोजना गाउँपालिकाले सार्वजनिक गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङ, प्रदेशका आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमान र गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले गुरुयोजना सार्वजनिक गर्नुभएको हो । समय तोकेर विकासका योजना तय भए मात्रै विकास तिव्र गतिमा अघि बढ्ने मुख्यमन्त्री गुरुङले बताउनुभयो ।

उत्पादनमूलक क्षेत्रमा गाउँपालिकाले जोड दिनुपर्ने गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री चुमानले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष थापाले २० वर्षका प्राथमिकता र योजना समेटिएको गुरुयोजनाले बन्दिपुरलाई थप अघि बढ्न सहयोग गर्ने बताउनुभयो । गुरुयोजना निर्माण समितिका संयोजक क्षितिज लामिछानेले बन्दीपुरको भविष्य र भावी योजना समेटेर मेहनतपूर्वक गुरुयोजना तयार पारेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button