झापामा कोरोना संक्रमित एक महिलाको मृत्यु

झापा । झापा जिल्लाको कन्काइ नगरपालिका–३ सुरुङ्गामा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । मण्डल थरकी एक ३९ वर्षीया कोरोना संक्रमित ती महिलाको आज (बिहीबार) बिहान मृत्यु भएको हो ।
सुरुङ्गा बजारमा पसल गरी बस्ने उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा बिहान ४ बजे ज्यान गएको हो । १० दिन अघि मात्र ती महिला भारत आफन्तकोमा पुगी घर फर्किएको कनकाई नगरपालिका कोरोना फोकल पर्सन नारायण अधिकारीले जानकारी दिनुभयो ।
भारतबाट घर फर्किएसँगै श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई बिर्तामोडको बिर्ता सिटी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उक्त महिलामा कोरोना पुष्टि भए सँगै थप उपचारका लागि बिएण्डसी अस्पताल रेफर गरिएको थियो । उपचारकै क्रममा कोरोना संक्रमित महिलाको आज मृत्यु भएको हो ।








प्रतिक्रिया राख्नुहोस्