तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीले बोलाउनुभयो एमाले संसदीय दलको बैठक

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनुभएको छ ।

संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार प्रधानमन्त्री ओलीलले शुक्रबार दिउँसो ३ बजे बालुवाटारमा संसदीय दलको बैठक बोलाउनुभएको हो ।

बैठकमा पार्टीभित्र देखिएको आन्तरिक विवाद, समसामयिक विषयवस्तु तथा आगामी योजनाका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिनिधि सभामा नेकपा एमालेका १२० जना सांसद हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button