बाँकेमा १२ किलोे चरेससहित दुई जना पक्राउ
नेपालगञ्ज।बाँकेमा १२ किलोे चरेससहित दुर्ई जना पक्राउ परेका छन् ।
कोहलपुर नगरपालिका वडा नम्बर १२ चप्परगौडीस्थित न्यू सुदुरपश्चिम बाजुरा स्टाफ होटलको कोठा नम्बर १०१ बाट रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर ७ घर बताउने रुद्र बहादुर बुढा र रुकुम पूर्वको भुमे गाउँपालिका ७ घर बताउने रवि पुनलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।
लागूऔषध चरेसको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको विशेष प्रहरी टोलीले उक्त होटल तलासी लिने क्रममा कोठा नम्बर १०१ मा रहेका उनीहरुलाई तलासी लिँदा उनीहरुले ल्याएको जेब्रा झोलाभित्र बाहिर खैरो रंगको प्लाष्टिक टेपले बेरी राखेको १२ वटा प्याकेटमा रहेको चरेस बरामद गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्