तपाईँ सुन्दै हुनुहुन्छः

मानव बेचबिखन ओसारपोसार मुद्दाका फरार प्रतिवादी पक्राउ

सप्तरी । सप्तरीमा मानव बेचबिखन ओसारपोसार मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि साढे तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन ।

सप्तरीको साविक बथनाहा गाबिस वडा नं. २ हाल महादेवा गाउँपालिका वडा नं. का ३९ वर्षीय मिथलेश कुमार यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरी टोलीले यादवलाई घरबाटै बुधबार पक्राउ गरी सोही दिन अदालतमा उपस्थित गराएर कैद भुक्तानको लागी राजविराज कारागार पठाएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादव मानव बेचबिखन ओसार पोसार मुद्दामा सप्तरी जिल्ला अदालतको २०७४ असोज २५ गतेको फैसला अनुसार ५ बर्ष कैद सजाय पाई फरार रहेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button