परिक्रमाका तीर्थयात्रीहरु भारतको करुणामा

जनकपुरधाम। १५ दिने मध्यमा मिथिला परिक्रमाका तीर्थयात्रीहरु धनुषाको औरहीवाट आज पुनः भारतको करुणा पुगेका छन् ।
नेपाल भारतको हजारौ तीर्थयात्रीहरु सहभागि भएका मध्यमा परिक्रमाका तीर्थयात्रीहरु मिथिला विहारी अर्थात भगवान राम तथा किशोरी जी अर्थात माता सीताको डोलासंगै जयजयकार गर्दै करुणा पुगेका छन् ।
१२ औं पडाव स्थल मरुणमा रात्री भजन कीर्तन तथा कथा सुनेर विश्राम गर्दै भोली विसौल पुग्ने कार्यक्रम रहेको किशोरी जीका डोलाका सञ्चालक एवं अग्निकुण्डका महन्थ नवल शरणले जानकारी दिनुभयो ।
परिक्रमाका तीर्थ यात्रीहरु नेपालको १ सय ७ किलोमिटर तथा भारतको २६ किलोमिटर गरेर १ सय ३३ किलोमिटरको दूरी तय गरेर १४ गते जनकपुरधाम फर्किने कार्यक्रम रहेको छ । १५ गते जनकपुरधामको अन्तरगृह परिक्रमा गरेर आ आ–आपनो घर फर्किने कार्यक्रम रहेको छ ।
तराई मधेशका जिल्लाहरुमा १६ गते मात्र होली खेल्ने कार्यक्रम रहेको छ । अत्यन्तै नियम निष्ठापूर्वक परिक्रममा तीर्थयात्रीहरु सहभागि हुने गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्