तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियामा ४ लाख भन्दा बढीलाई हात्तीपाइले विरुद्धको औषधी खुवाइने

बर्दिया । यो बर्ष बर्दियामामात्र ४ लाख भन्दा बढीलाई हात्तीपाइले विरुद्धको औषधी खुवाइने लक्ष्य राखिएको छ  । देशभर आउँदो २० गतेदेखि सञ्चालन हुन लागेको यस अन्तर्गत बर्दियामामात्र यो बर्ष ४ लाखभन्दा बढि नागरिकहरुलाई औषधी खुवाईने जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

स्वास्थ्य कार्यालय बर्दियाले बुधवार गुलरियामा आयोजना गरेका संचारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बर्दिया जिल्लाको कुल जनसङ्ख्या ४ लाख ८३ हजार ६ सय ७४ जना मध्ये ४ लाख ६१ हजार ८ सय ५२ जनालाई औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । जसका लागि ३ सय ३६ जना स्वास्थ्यकर्मी र ८ सय ४१ जना स्वास्थ्य स्वयंसेविका खटिने कार्यालयले जनाइएको छ ।

बर्दिया जिल्लामा ९ औँ पटक औषधी सेवनको अभियान सञ्चालन गर्दा पनि रोग निवारण हुन नसकेपछि १० औँ पटक औषधी खुवाउनु परेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिनु भयो ।
बर्दियाको ठाकुरबाबा नगरपालिकाको डुम्रेनी र बार्दिया नगरपालिकाको बैदाबैदीमा अझै पनि संक्रमित फेला परेको गिरीले बताउनु भयो । चैत्र २० गतेदेखि  सञ्चालन हुने आम औषधी सेवन कार्यक्रम सफल बनाउन आग्रह गरिएको छ । हात्ती पाइले रोग विरुद्धको औषधी सेवन अभियान सफल नहुनुमा चुनौती देखिएका छन् । आम औषधी सेवन बारे गलत धारण, शहरी क्षेत्रमा औषधी सेवनको प्रगति सन्तोषजनक नहुनु, नयाँ संरचनामा आम औषधी सेवन अभियान सञ्चालन हुनु लगायतका चुनौती देखिएका हुन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button