स्वास्थ्य मापदण्डमा कडाई गर्दै जिल्ला प्रशासन कार्यालय बारा

बारा । जिल्ला प्रशासन कार्यालय बाराले जिल्ला मा मास्क नलगाउनेलाई कारबाही गर्ने भएको छ ।
जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले स्वास्थ्य मापदण्डको परिपालनामा कडाई गर्दै मास्क लगाउनेलाई कारबाही गर्ने जनाउँदै सीमावर्ती क्षेत्रको बासिन्दाहरूको आवतजावतमा कडाई गर्ने भएको छ ।
भारतमा कोरोना भाइरसको संक्रमण र मृत्यु दर बढेपछि सीमा नाका नजिक रहेकोले बारामा सतर्कता अपनाइएको छ । बैठक ले सक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालनमा आएका क्वारेनटिन, आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राखी स्वास्थ्य केन्द्रहरुवाट प्रदान गरिने सेवालाई अझ प्रभावकारी बनाउन आवश्यक तयारी गर्न निर्णय गरेको छ ।
सीमा नाकाबाट आउने यात्रुहरूको आवतजावतलाई व्यवस्थित गरी अनिवार्य रुपमा अभिलेख राख्न र नेपाल प्रवेश गर्ने यात्रुहरूलाई अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गराएर मात्र प्रवेश गर्न समितिले निर्णय गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्