त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली फुटबल टिमको घोषणा
काठमाडौँ । त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली फुटबल टिमको घोषणा गरिएको छ । प्रशिक्षक बालगोपाल महर्जनले यो प्रतियोगिताका लागि २३ खेलाडीको टिमको घोषणा गरेका हुन ।
किरण चेम्जोङको कप्तानीमा रहेको टिममा यसअघि क्याम्पमा रहेका खेलाडीबाट १० जनालाई हटाइएको छ । जसमा गोलकिपर विशाल श्रेष्ठ, विशाल सुनुवार, डिफेन्डर पाल्साङ लामा, सुरज विक, विकाश खवास, हेमन्त थापामगर, सन्तोष तामाङ, आशिष लामा, जोर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठलाई टिमबाट फालिएको छ ।
फिफा विश्वकप छनौटका लागि सुरुवातमा तयारी गर्दा चोट बोकेका अनन्त तामाङ फिट भएर टिममा फर्किएका छन् । अनुभवी डिफेन्डर तथा पूर्व कप्तान विराज महर्जन करिब दुई वर्षपछि राष्ट्रिय टिममा परेका छन् ।
विराजले यो प्रतियोगिताबाट खेलाडी जीवनबाट सन्यास लिने तयारीमा छन् । त्यसैले पनि उनको बिदाइलाई सुखद बनाउन बालगोपालले उनलाई टिममा राखेका हुन । नेपालले बिहीबार दशरथ रङ्गशालामा किर्गिस्तानको यु २३ टिमविरुद्ध खेल्नेछ ।








प्रतिक्रिया राख्नुहोस्