परिवर्तन गाउँपालिकाको नवौँ गाउँ सभा सम्पन्न, न्यून बजेट खर्च

रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकाले आफ्नो नवौँ गाउँ सभा तथा हिउँदे अधिवेशन सम्पन्न गरेको छ ।
परिवर्तन गाउँपालिका अध्यक्ष निमकांन्त डाँगीको अध्यक्षताबाट सुरु भएको नवौँ गाउँ सभा तथा हिउँदे अधिवेशनमा वडा अध्यक्षहरू र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
गाउँपालिकाले केन्द्रिय सरकार र प्रदेश सरकारबाट ४२ करोड ८१ लाख ४६ हजार ३ सय ३७ रुपैयाँ प्राप्त भएकोमा २०७७/०७८ को लागि गाउँपालिकाले चालु अनुमानित लागत तर्फ १० करोड ३० लाख २२ हजार ९ सय ४४ रुपियाँ खर्च भएको र पुजीगत तर्फ ३ करोड ३ लाख ६९ हजार ६ सय ९६ रुपैयाँ मात्र खर्च भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष निमकांन्त डाँगीले, गाउँपालिकामा आफूहरूले राम्रो काम र विकास गरेको बताउनु भयो उहाँले शिक्षा, स्वास्थ्य, यातायात र खेलकुद विकासमा राम्रो काम भएको बताउँदै कम खर्च गर्नु भनेको दुःखद पक्ष भएको बताउनु भयो ।
गाउँपालिकाकी उपाध्यक्ष हित कुमारी बुढामगरले न्याय क्षेत्रमा उल्लेखनीय काम भएको बताउनु भयो उहाँले अझ न्यायीक समितिमा राम्रा काम हुने गरेको दाबी गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्