कैलालीमा होली पर्व भिडभाड गर्न रोक
धनगढी । कोभिड-१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै कैलालीमा होली पर्व, मेला, महोत्सव, जात्रामा भिडभाड नगर्न स्थानीय प्रशासनले आदेश जारी गरेको छ ।
जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयका आधारमा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले त्यस्तो आदेश जारी गरेकाे स्थानीय प्रशासनले जनाएको छ ।
यसै गरी सरकारी कार्यालय, निजी क्षेत्र शैक्षिक संस्था, सार्वजनिक स्थानमा जाँदा अनिवार्य रुपमा मास्क लगाउने जस्ता स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्न सबैलाई आग्रह गरिएको छ ।
यसअघि सञ्चालनमा आएका क्वारेनटाइन, आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राखी स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन आवश्यक तयारी गर्न र भारतबाट नेपाल आउने नेपाली नागरिक तथा पूर्व स्वीकृत भारतीय नागरिकहरुकाे अभिलेख राख्न र सिमानाकामा रहेका हेल्थ डेस्कमा अनिवार्य स्वास्थ्य परिक्षण गर्न समेत भनिएको छ ।
यसको अवज्ञा गरिएको पाइएमा सङ्क्रामक रोग ऐन बमोजिम कारबाही गरिने छ,आदेशमा उल्लेख गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्