तानसेन–रानी महल सडक क्षेत्रमा पर्ने घर टहरा हटाइने
पाल्पा । तानसेन–रानी महल सडक क्षेत्रमा पर्ने घर टहरा हटाइने भएको छ ।
सडक छेउमा पर्ने घर टहरा हटाउन तानसेन नगरपालिकाले निर्देशन गरेको छ ।
तानसेनको कैलाशनगरदे रानी महलसम्म जाने बाटोमा पर्ने घर टहरा ७ दिनभित्र हटाउन सम्बन्धित व्यक्तिहरूलाई जानकारी गराइएको हो ।
तानसेन नगरपालिकाले एक सूचना प्रकाशित गर्दै ७ दिनभित्र हटाउन भनेको हो ।
तोकिएको समयभित्र घर टहरा नहटाइएमा नियमानुसार भइजाने ब्यहोरा प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।









प्रतिक्रिया राख्नुहोस्