तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश प्रमुख डा.अहिराजद्वारा वरिष्ठ लोकतन्त्रवादी नेता यादवलाई सम्मान

जनकपुरधाम । वरिष्ठ लोकतन्त्रवादी नेता भरत विमल यादवलाई प्रदेश २ का प्रमुख डा.राजेश अहिराजले सम्मान गर्नु भएको छ ।

मंगलबार प्रदेश प्रमुख डा.अहिराजले जनकपुरधामस्थित वरिष्ठ लोकतन्त्रवादी नेता यादवको निवासमै पुगेर पुष्पगुच्छा दिएर खादा ओढाइ सम्मान गर्नु भएको हो ।

‘नागरिक सर्वोच्चता नै लोकतन्त्रको आधार हो । समाजका अगुवा नागरिकसँग भेटघाटको कार्यक्रम अन्तर्गत आज सदाचारी नेता भरत बिमलजीसँग प्रदेश प्रमुखज्यूले भेटघाट गर्नुभएको छ,’ प्रदेश २ प्रमुख कार्यालयका सचिव ध्रुव गैडाले बताउनु भएको छ ।

वरिष्ठ लोकतन्त्रवादी नेता यादवले आफूलाई प्रदेश प्रमुख डा.अहिराजले निवासमै आएर सम्मान गर्दा आफूले लोकतन्त्रका लागि संघर्षको कदर भएको बताउनुभयो । उहाँले आजसम्म लोकतन्त्रका लागि यति संघर्ष गर्दा पनि कुनै पनि दलले कहिल्यै सामान्य सोधपुछ समेत नगरेको तर प्रदेश प्रमुख डा.अहिराजको यो सम्मान उहाँको सरलतालाई दर्साएको बताउनुभयो ।

भेटघाटको क्रममा समसामयिक राजनीतिक तथा प्रदेशको अवस्थाबारे कुराकानी भएको प्रदेश प्रमुख कार्यालयका सचिव गैडाले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button