तपाईँ सुन्दै हुनुहुन्छः

सरसफाइ कार्यमा प्रदेश प्रमुख सहभागी

जनकपुरधाम । प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराज युवाहरुद्वारा आयोजित सरसफाइ कार्यक्रममा सहभागी हुनु भएको छ । मंगलबार बिहान युवा विकास समाज (वाइडीएस)ले पिडारी चौकमा सरसफाइ गरेको थियो ।

सो सरसफाइ कार्यक्रममा प्रदेश प्रमुख डा. अहिराज पनि सहभागी भई आफैले सरसफाइ गर्नु भएको थियो । युवाहरुको काम सराहनीय रहेकोले प्रोत्साहनका लागि प्रदेश प्रमुख पनि सहभागी भएको प्रदेश प्रमुख कार्यालयका सचिव ध्रुव गैडाले जानकारी दिनुभयो ।

प्रदेश प्रमुख कार्यालयका सचिव गैडाका अनुसार प्रदेश प्रमुख डा.अहिराजले सामाजिक कार्यमा लागेका युवाहरुलाई प्रोत्साहन दिँदै यस्ता कार्यहरुलाई निरन्तरता दिन आग्रह गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button